काठमाडौँ : फिफा विश्वकप फुटबलमा स्पेनले सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सब्स्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका मिकेल मेरिनोले निर्णायक गोल गरेपछि स्पेनले बेल्जियमलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
बेल्जियमले खेलमा दुबै गोल गोलरक्षकले वानटच समाउन नसकेपछि रिबाउन्डमा खाएका थए। पहिलो रोजाइका गोलरक्षक थिवाउट कोर्टुवा इन्जुरी पछि दोस्रो हाफमा मैदान छोड्न पुगेका थिए। त्यसपछि मैदानमा आएका सेन लामेन्सले निर्धारित समयको ३ मिनेट बाँकी रहँदा गोल खान पुगेका थिए।
करिब २५ यार्डबाट पाउ कुबार्सिसले गरेको प्रहारलाई वानटच समाउन नसक्दा पाएको रिबाउन्डलाई सब्स्टिच्युट मकेल मेरिनोले गोलमा परिणत गर्दै स्पेनको जित निश्चित गरेका थिए।
त्यसअघि खेलको ३० औं मिनेटमा फावियन लुइजको गोलमा स्पेनले अग्रता लिएको थियो। तर ४२ औं मिनेटमा चार्लेस डि केटेलाएराले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए। उनले कास्टाग्नेकको क्रसलाई आकर्षक हेड गर्दै टिमका लागि बराबरी गोल गरेका थिए।
तर दोस्रो हाफको अन्तिम समयमा बेल्जियम गोल खान पुग्दा प्रतियोगिताबाट बाहिरियो। अब स्पेनले फाइनल प्रवेशका लागि फ्रान्स सँग प्रतिस्पर्धा गर्ने छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij