Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान

अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान

काठमाडौँ : गुगल हाम्रो जीवनको एउटा महत्वपूर्ण हिस्सा बनिसकेको छ। देश-विदेशका समाचार हुन् वा कुनै पनि विषयमा जानकारी लिनका लागि गुगल सर्च नै सबैभन्दा ठूलो माध्यम बनेको छ। पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढ्दै गएपछि मानिसहरू गुगलको साटो एआई च्याटबोट्सतर्फ आकर्षित हुने अनुमान गरिएको थियो।

तर गुगलको पछिल्लो तथ्याङ्कले यो धारणालाई गलत साबित गरिदिएको छ। गत बुधबार अर्थात् जुलाई ८ का दिन गुगलले आफ्नो सर्च इतिहासकै सबैभन्दा ठूलो रेकर्ड बनाएको छ।
फुटबल खेलका कारण गुगल सर्चमा यस्तो ऐतिहासिक रेकर्ड बनेको हो। गुगलका सिनियर भाइस प्रेसिडेन्ट निक फक्सले दिएको जानकारी अनुसार फिफा विश्वकपलाई लिएर विश्वभरका मानिसहरूमा देखिएको उत्साह गुगल सर्चमा प्रष्ट प्रतिविम्बित भएको छ।

जुलाई ८ मा खेल सकिने बित्तिकै करोडौँ मानिसहरूले स्कोर, खेलाडी, तथ्याङ्क र खेलसँग जोडिएका अन्य जानकारीहरू खोज्न थालेपछि गुगलको ट्राफिक रेकर्ड स्तरमा पुगेको थियो। अर्जेन्टिनाको विश्वकप खेलमा जितको गोल भए लगत्तै गुगल सर्चमा यति धेरै ट्राफिक बढ्यो कि यसले पुराना सबै रेकर्डहरू भङ्ग गरिदियो। निक फक्सका अनुसार जुलाई ८ गुगल सर्चको इतिहासकै सबैभन्दा ब्यस्त दिन रहन पुग्यो।

निक फक्सले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै लेखेका छन्, ‘हिजोको खेलमा अर्जेन्टिनाले जितको गोल गरे लगत्तै गुगल सर्चले प्रयोगका सबै पुराना रेकर्डहरू तोड्यो र इतिहासमै सबैभन्दा बढी सर्च प्रयोग देखियो। विश्वकपका लागि विश्वभर यस्तो उत्साह देख्दा निकै राम्रो लाग्यो। सेमिफाइनल र फाइनलको व्यग्र प्रतिक्षा छ। लाग्छ मानिसहरू अझै पनि गुगल सर्च नै प्रयोग गरिरहेका छन् ?’

उनले सेयर गरेको तथ्यांक अनुसार मार्केट सेयरको मामिलामा गुगल सर्च केही बढेको देखिन्छ। स्टेटकाउन्टरको तथ्याङ्क अनुसार एक वर्ष पहिले ८९.५ प्रतिशत रहेको गुगलको मार्केट सेयर जुन महिनामा ९१.२५ प्रतिशत पुगेको छ। मोबाइल प्रयोगको कुरा गर्दा विश्वभर गुगलको सेयर ९६ प्रतिशतभन्दा बढी छ, जुन एक वर्ष पहिले ९३.७ प्रतिशत मात्र थियो।

पछिल्ला केही वर्षहरूमा च्याटजीपीटी, जेमिनाई जस्ता एआई टूल्सहरूको लोकप्रियता बढेसँगै गुगल सर्चको युग सकिन लागेको हो कि भन्ने प्रश्न उठिरहेका बेला यो तथ्याङ्क सार्वजनिक भएको हो। यस रेकर्डले ठूला घटनाहरूका बेला मानिसहरू अझै पनि सबैभन्दा पहिले गुगलकै सहारा लिने गरेको देखाउँछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट