काठमाडौँ : विश्वकप फुटबलमा स्पेनले १६ वर्षपछि फाइनलमा स्थान बनाएको छ। बुधबार बिहान सम्पन्न फाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेनले फाइनलमा स्थान बनाएको हो।
खेलमा स्पेनले फ्रान्स विरुद्ध निकै उत्कृष्ट प्रदर्शन गरेको थियो। खेलमा पहिलो र दोस्रो हाफमा स्पेनले समान १-१ गोल गर्दै फ्रान्सलाई निरास बनायो।
खेलको २२ औं मिनेटमा फ्रेन्च खेलाडी लुकास डिनले लामिन यामललाई फल गरेपछि पाएको पेनाल्टीलाई मिकेल ओयालजार्बालले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए। २९ वर्षीइ रियल सोसिडाडका यि स्टार जारी विश्वकपमा ५ गोल पुर्याएका छन्।
टिमका लागि दोस्रो गोल भने पेड्रो पोरेरोले ५८ औं मिनेटमा सम्भब बनाएका थिए। त्यसपछि थप गोल हुन नसक्दा स्पेन विजयी भयो। फ्रान्सको लोभलाग्दो यात्रा अन्तत सेमिफाइनलमा सिमित भयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij