Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश


काठमाडौँ  ः लियोनेल मेसी एकपटक पुन नायक सावित खेलमा सात मिनेट भित्र दुई गोल गर्दै अर्जेन्टिनाले  विश्वकप फुटबलको सेमिफाइनलमा  इंग्ल्यान्ड विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको छ।

खेलमा १–० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै खेलको अन्ततिर लगातार दूई गोल गर्दै २–१ को उत्कृष्ट जित सहित स्पेन विरुद्धको फाइनल तय गर्यो।

खेलमा इंग्ल्यान्डले ५५ औं मिनेटमा एन्थोनी गोर्डनको गोलमा अग्रता लिएको थियो। उनले मोर्सन रोजर्सको क्रसलाई आकर्षक गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए। तर खेलमा अग्रता बनाएपछि पूर्ण दबाबमा परेको इंग्ल्यान्ड विरुद्ध ८५ औं मिनेटमा एन्जो फर्नान्डेजले लियोनेल मेसीको उत्कष्ट पासलाई लङ रेन्ज प्रहार गर्दै गोलमा परिणत गरे।

९ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा लियोनेल मेसीकै क्रसलाई ८० औं मिनेटमा सब्सटिच्युट आएका लाउटारो मार्टिनेजले आकर्षक हेड गर्दै खेलमा निर्णायक अग्रता दिलाए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट