Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

‘प्रिन्स’ निर्देशन गर्दै निर शाह, पहिलो गीतको रेकर्डिङसँगै शुभारम्भ

‘प्रिन्स’ निर्देशन गर्दै निर शाह, पहिलो गीतको रेकर्डिङसँगै शुभारम्भ

काठमाडौं :  वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्। शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै चलचित्रको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको पहिलो गीतमा निर शाहकै शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा शिव परियारको स्वर रहेको छ। चलचित्रको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्। चलचित्रको छायांकन सौरभ लामाले गर्नेछन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको रूपमा आबद्ध छन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन तयारी अन्तिम चरणमा पुगेको छ।

कलाकार तथा अन्य प्राविधिक टोलीको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ। अनुभवी निर्देशक निर शाहले ‘प्रिन्स’मार्फत नयाँ कथावस्तु र फरक प्रस्तुतिसहित पुनः दर्शकमाझ आउने तयारी गरेका छन्।

35b2b658-3e5c-4380-8e67-1f50e26f1460.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट