काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) दिवसको अवसरमा भोलि (बिहीबार) त्रिवि शिक्षण अस्पतालको बिहानी सत्र (आधा दिन) मात्र सेवा सञ्चालन हुने भएको छ । अस्पताल प्रशासन प्रमुख भोजराज भट्टले बिहीबार स्पतालमा दिउँसोको सेवा बन्द हुने जानकारी दिएका हुन् ।
उनले जारी गरेको सूचना अनुसार भोली इमर्जेन्सी (आकस्मिक) सेवा बाहेक दिवा सत्रका सम्पूर्ण नियमित सेवाहरू बन्द रहनेछन् ।
यद्यपि, बिरामीहरूको सुविधालाई ध्यानमा राख्दै अस्पतालको विस्तारित स्वास्थ्य सेवा भने दिउँसो एक बजेदेखि नियमित रूपमा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij