Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नवीकरण नहुँदा दुई हजार एम्बुलेन्स थन्किए

नवीकरण नहुँदा दुई हजार एम्बुलेन्स थन्किए

चितवन : नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन्। स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए।

देशभरमा ६ हजार हाराहारी एम्बुलेन्स रहेको तथ्याङ्क छ। तीमध्ये स्वास्थ्य सङ्घ संस्थाले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छन् भने गैरसरकारी संस्था र निजी क्षेत्रले सञ्चलान गरेका एम्बुलेन्स सञ्चालन हुन नसकेका हुन्।

ऐन आएदेखि नै निरन्तर रुपमा संशोधनका लागि सरकारी तवरमा पहल गर्ने काम भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए। तत्कालीन स्वास्थ्यमन्त्री डा सुधा शर्मालाई उक्त समस्याबारे अवगत गराएको अध्यक्ष लामिछाने बताउँछन्।

ऐन संसोधन नभएमा धेरै एम्बुलेन्स थन्किने र आम नागरीकले सहज रुपमा सेवा पाउन कठिन हुने उनले बताए। अध्यक्ष लामिछानेले भने, ‘मानवतासँग प्रत्यक्ष जोडिएकाले यस विषयलाई नयाँ सरकारले गम्भीरताका साथ हेर्नुपर्छ।’ यसबाट चालकको रोजगारीसमेत गुमेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट