Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध

नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्युपछि भएको तोडफोड घटनाप्रति ध्यानाकर्षण जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै घटनापश्चात् अस्पतालमा तोडफोड तथा उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको बताए। बिरामीको उपचारमा कुनै त्रुटि भएमा छानबिन र न्यायका लागि प्रचलित कानुनबमोजिमका व्यवस्था विद्यमान रहेको उल्लेख गर्दै यस्ता हिंसाका घटनाप्रति सरकारले ‘शून्य सहनशीलता’ को नीति लिइने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील भएकाले सेवाग्राही र सेवा प्रदायक दुवैले यसको गम्भीरता बुझ्न आवश्यक रहेको मन्त्रालयले स्पष्ट पारेको छ। अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निर्भय, सुरक्षित र उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध रहेको जनाइएको छ। स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीहरू पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन अनुराेध गर्दै मन्त्रालयले चिकित्सकहरूलाई सेवा सुचारु गर्न र सर्वसाधारणलाई अस्पतालको सेवा निरन्तर रहने वातावरण बनाउका लागि संयमित भई सहयोग गर्न अपिल गरेको छ।

757164318_1229742505904469_5839689338966444646_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट