वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मंगलबार राष्ट्रिय सुरक्षामा जोखिम रहेको भन्दै विदेशमा निर्मित नयाँ मानवकार (ह्युमानोइड) रोबोटहरूको अमेरिकामा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
यो प्रतिबन्ध मानवकार रोबोटका साथै चार खुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुनेछ। यस्ता अधिकांश रोबोट चीनमा निर्माण हुने गरेका छन्। चीन र अमेरिका हाल रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा तीव्र प्रतिस्पर्धामा छन्।
अमेरिकी फेडरल कम्युनिकेसन कमिटि (एफसीसी) ले डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि प्रतिबन्ध लगाएको छ। एफसीसीका अनुसार यी उपकरणहरूले पनि अमेरिकी अर्थतन्त्रका लागि जोखिम उत्पन्न गर्न सक्छन्।
एफसीसीका अध्यक्ष ब्रेन्डन कारले अमेरिकाका महत्त्वपूर्ण आपूर्ति शृङ्खलालाई सुरक्षित बनाउन आफ्नो निकायले आवश्यक कदम चालेको बताएका छन्।
यस विषयमा प्रतिक्रिया लिन बीबीसीले वासिङ्टनस्थित चिनियाँ दूतावाससँग सम्पर्क गरेको जनाएको छ।
चीनका प्रविधि कम्पनीहरूले कारखाना तथा घरायसी प्रयोगका लागि मानवकार रोबोटको विकास तीव्र गतिमा गरिरहेका छन्।
साथै, टेस्ला र बोस्टन डायनामिक्स जस्ता अमेरिकी प्रतिस्पर्धी कम्पनीहरू भन्दा अघि नै चिनियाँ कम्पनीहरूले आफ्ना रोबोट व्यवसाय तथा सर्वसाधारणका लागि बजारमा ल्याउन थालेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij