Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बीमा कम्पनीका पूर्व सीइओ रिमालसँग २५ लाख धरौटी माग

बीमा कम्पनीका पूर्व सीइओ रिमालसँग २५ लाख धरौटी माग

काठमाडौं : विशेष अदालतले बीमा कम्पनीका पूर्व सीइओ मृगेन्द्रनाथ रिमाललाई सम्पत्ति शुद्धिकरण कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ ।

बुधबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले २५ लाख धरौटी लिएर छाड्ने आदेश दिएको हो ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार रिमालले अदालतले मागेको २५ लाख धरौटी बुझाएर तारेख लिएर गएका छन् ।

रिमालविरुद्ध दीपक भट्ट समेत जोडिएको बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट