Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

फिल्म 'पञ्चमी' निर्माणको घोषणा

फिल्म 'पञ्चमी' निर्माणको घोषणा

काठमाडौँ :  चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ ।  गुरु पूर्णिमाको अवसर पारेर फिल्म निर्माण घोषणा गरिएको हो । फिल्मको निर्देशन सौगात बस्नेतले गर्दै छन् । बस्नेत यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।  उनले यश अघि केही फिल्ममा  मुख्य सहायक निर्देशक भएर काम गरेका छन् ।

घोषणका लागि 'पञ्चमी' को एक थिम पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको, माथि त्रिशूल र दुई नाग, शब्दलाई घेर्ने पाँचवटा घेरा, बाहिर नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र । यी सबै संयोग नभई पात्रहरूसँग प्रत्यक्ष सम्बन्धित रहेको निर्देशक बस्नेतको भनाइ छ।

‘पञ्चमी’ मौलिक कथा नभई एउटा उपन्यासको रूपान्तरण हो, तर निर्देशक बस्नेतले कुन उपन्यास र कुन लेखकको कृतिमा यो आधारित छ भन्ने कुरा अहिले खुलासा गरेका छैनन् ।

कलाकार, पटकथा लेखक वा प्राविधिक टिमबारे हाल केही जानकारी सार्वजनिक गरिएको छैन । आगामी दिनहरूमा बिस्तारै जानकारी सार्वजनिक हुँदै जाने निर्देशक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट