काठमाडौँ : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेपछि आन्तरिक हवाई उडानमा लागू हुने नयाँ भाडादर सार्वजनिक गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै साउन १९ देखि लागू हुने गरी विभिन्न आन्तरिक हवाई गन्तव्यका लागि नयाँ हवाइ भाडादर कार्यान्वयन गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो।
प्राधिकरणका अनुसार नेपाल आयल निगमको साउन १७ (२ अगस्ट २०२६) को निर्णयअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाइएको हो ।
प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतद्वारा जारी पत्रमार्फत सम्बन्धित वायुसेवा कम्पनीहरूलाई संशोधित शुल्क तत्काल लागू गर्न अनुरोध गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij