चितवन : पश्चिम चितवनका बस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिन दुई स्थानमा खोर राखिएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवाले मानव बस्तीमा छिरेर आतङ्क सिर्जना गर्न थालेपछि भरतपुर महानगरपालिका–१५ गोपालचोकमा रहेको अविनाश पोल्ट्री फर्ममा र त्यसको एक किलोमिटर पर अर्का खोर राखिएको जानकारी दिए।
खोरमा हालसम्म चितुवा परेको छैन। चितुवालाई आकर्षण गर्न खोरमा कुकुर राखिएको छ। यसअघि सोही क्षेत्रबाट चितुवाको बच्चालाई नियन्त्रणमा लिइएको थियो।
यसअघि नियन्त्रणमा लिइएको चितुवाको बच्चालाई सौराहा पुर्याएर खोरमा राखिएको छ। यस क्षेत्रमा एउटा माउ र बच्चा अझै रहेको बताइन्छ।–रासस
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij