चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा खसेको पहिरो हटाइएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
आज बिहान ६ः४० बजे माथिबाट लेदो सहितको पहिरो झर्दा रुखसमेत ढलेर सडक दुवैतर्फ अवरुद्ध भएको थियो।
पहिरो हटाउने कार्य सम्पन्न भएपछि बिहान ८ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij