Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

डेढ महिनाअघिसम्म पूर्ण स्वस्थ थिए ‘गजिनी’, लगातार हिकहिक लागेपछि पुर्याइएको थियो अस्पताल

डेढ महिनाअघिसम्म पूर्ण स्वस्थ थिए ‘गजिनी’, लगातार हिकहिक लागेपछि पुर्याइएको थियो अस्पताल

मुम्बई : भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा ‘गजिनी’ फेम भिलेन प्रदीप रावतको ब्लड क्यान्सरका दुई दिनअघि निधन भयो । यो खबर बलिउडमा धेरैका लागि अप्रत्याशित किन बन्यो भने रावत बिरामी छन् भन्ने नै धेरैलाई थाहा थिएन । प्रदीपका छोरा विक्रमका अनुसार उनी दुई महिना अगाडिसम्म पूर्ण स्वस्थ थिए । दुई महिनाअघि होल अघि चेकअप गराउँदा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको तर डेढ महिना अगाडी अचानक हिकहिक लाग्न थालेपछि अस्पताल लगिएको उनले बताएका छन् । ‘हामीले कहिल्यै सोचेका थिएनौँ कि सामान्य हिकहिक लाग्नु क्यान्सरको लक्षण हुन सक्छ,’ विक्रमले भावुक हुँदै भने, ‘सुरुमा सामान्य औषधी गरियो, तर अवस्था झन् गम्भीर हुँदै गयो ।’

घरमै डाक्टर बोलाएर जाँच गर्दा पेटको संक्रमण भएको अनुमान गरिए पनि औषधीले काम नगरेपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ गरिएको रक्त परीक्षणमा ९९ प्रतिशत ‘ब्लड क्यान्सर (ल्यूकेमिया) पुष्टि भएको थियो ।

छोराले आफ्ना बुबाको कामप्रतिको निष्ठालाई स्मरण गर्दै उनी बिरामी अवस्थामै नेपालमा सुटिङ गरेर फर्किएको खुलासा गरेका छन् । रावतले नेपालमा निर्माणाधिन चलचित्र ‘आ बाट आमा २’ मा अभिनय गर्दै थिए । ‘पापा त निकै आँटिलो मान्छे हुनुहुन्थ्यो । उहाँ बिरामी हुँदाहुँदै पनि नेपालमा सुटिङ गरेर आउनुभएको थियो,’ उनले भने, ‘कामप्रति उहाँको लगाव र आँटले गर्दा नै उहाँ सबैको प्रेरणाको स्रोत बन्नुभयो ।’

रावत १८ दिनदेखि अस्पतालमा उपचाररत थिए । डाक्टरहरूले उनको ुबोन म्यारो ट्रान्सप्लान्टु गर्ने तयारी गरिरहेका थिए । स्वास्थ्यमा केही सुधारका संकेत पनि देखिएका थिए । तर, अचानक उनको प्लेटलेट्सको मात्रा निकै कम भएर ३ हजारमा झरेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । ‘हिजो अचानक उहाँको प्लेटलेट्स घटेर ३ हजारमा झर्यो, जुन साढे ३ लाख हुनुपर्थ्यो । डाक्टरहरूले सीपीआर दिएर बचाउने अन्तिम कोसिस गरे पनि सफल हुन सकेनन्,’ विक्रमले रुँदै बताए ।

आफ्ना बुबालाई संसारकै उत्कृष्ट पिता र भगवान समान मान्ने विक्रमले यति अल्पायूमै बुबालाई गुमाउनुपर्दा निकै स्तब्ध भएको बताएका छन् । यद्यपि, बुबालाई अन्तिम बिदाइ गर्न आएको ठूलो जनसागर र शुभचिन्तकहरूको मायाले आफूलाई केही राहत मिलेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट