Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

छाउपडीविरुद्ध सशक्त आवाज बनेको ‘हली’, चितवनका दर्शक भावुक

छाउपडीविरुद्ध सशक्त आवाज बनेको ‘हली’, चितवनका दर्शक भावुक

चितवन : चितवनको सीजी ल्याण्डमार्कमा शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘हली’ ले दर्शकमाझ उत्साहजनक प्रतिक्रिया बटुलेको छ। सामाजिक यथार्थलाई कलात्मक ढंगले पर्दामा उतारिएको चलचित्रले विशेषगरी छाउपडी प्रथाजस्तो अमानवीय कुप्रथाविरुद्ध सशक्त सन्देश दिएको भन्दै दर्शकहरूले प्रशंसा गरेका छन्।

 

चलचित्रले केवल मनोरञ्जन मात्र होइन, समाजमा गहिरो जरा गाडेर बसेका अन्धविश्वास र विभेदका विरुद्ध चेतनाको दीप जलाउने प्रयास गरेको दर्शकहरूको भनाइ छ। महिलाको सम्मान, समानता र मानव अधिकारको पक्षमा उठाइएको आवाजले चलचित्रलाई अझ अर्थपूर्ण बनाएको उनीहरूले प्रतिक्रिया दिएका छन्।

 

दर्शकका अनुसार चलचित्रको कथा, निर्देशन, छायांकन र कलाकारहरूको जीवन्त अभिनयले कथालाई थप प्रभावशाली बनाएको छ। समाज परिवर्तनका लागि कला पनि

प्रभावकारी माध्यम बन्न सक्छ भन्ने सन्देश ‘हली’ले दिएको उनीहरूको विश्वास छ।

 

‘हली’ले छाउपडीजस्ता कुप्रथाको अन्त्यका लागि सामूहिक चेतना आवश्यक रहेको सन्देश प्रवाह गर्दै सामाजिक उत्तरदायित्व बोकेको चलचित्रका रूपमा आफूलाई स्थापित गर्न सफल भएको दर्शकहरूको प्रतिक्रिया छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट