चितवन,२२ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २७औँ स्थापना दिवसका अवसरमा फोनिज चितवनले आयोजना गरेको कार्यक्रममा दुई जना पत्रकार सम्मानित भएका छन् ।
पत्रकारितामार्फत आदिवासी जनजाति समुदायको क्षेत्रमा योगदान पुर्याएको भन्दै इच्छाकामना न्यूज डटकमका कार्यकारी सम्पादक चित्रबहादुर गुरुङ र बिहानी मिडियाका अध्यक्ष आशिक रानामगरलाई सम्मान गरिएको हो ।
फोनिज चितवनका अध्यक्ष तूलमान गुरुङको सभापतित्व तथा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली र नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले फोनिज चितवनले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको भन्दै आयोजकलाई धन्यवाद दिए।
उनले इच्छाकामना गाउँपालिकामा फोनिजका पत्रकारलगायत अन्य सञ्चारकर्मीले सूचना सम्प्रेषणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले आदिवासी जनजातिको हकअधिकारका लागि आफू निरन्तर अघि बढिरहेको बताए। उनले आगामी विश्व आदिवासी दिवसलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न पत्रकारहरूलाई सहयोग गर्न आग्रह गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij