Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

राती अबेर प्रधानमन्त्रीको स्टाटस : ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्

राती अबेर प्रधानमन्त्रीको स्टाटस : ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्

काठमाडौँ :  प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

शुक्रबार राति  सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस् । ’

प्रधानमन्त्री शाहले वास्तविकता सुनेको र देखेकोभन्दा फरक हुन सक्ने भन्दै थप लेखेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन ।’

प्रधानमन्त्रीको यो संक्षिप्त तथा अर्थपूर्ण फेसबुक पोस्टलाई लिएर यति बेला सामाजिक सञ्जालमा निकै चासो र चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट