Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ विचार गरियोस’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा उक्त विधेयक प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सोे प्रस्ताव प्रस्तुत गरेकी थिइन् । यसअघि, छलफलमा सांसदहरु रीना उप्रेती, लीमा अधिकारी आचार्य,कृष्णहरि बुढाथोकी, गंगालक्ष्मी अवाल, जनकसिंह धामी, कालीबहादुर शाह, माधवबहादुर थापा, कमल सुवेदी, प्रमीलाकुमारी गछदार, पारशमणि गेलाल, पार्वती विक, निराशा चौधरी दगौरा, यशोधाकुमारी बराल, साजिदा खातुन सिद्धिकीले भाग लिदै आफ्नो धारणा, जिज्ञसा तथा सुझाव राखेका थिए ।

छलफलमा उठेका जिज्ञासामा मन्त्री गौतमले जनताले तिरेको करको सदुपयोग गर्न र दोहोरो सुविधा लिन नपाउने विषय भएको १३ आयोगका ६५ पदाधिकारी धेरैजसो पेन्सन खाने भएकाले तलब लिदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागेको बताइन् ।

उनले संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पासलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको जनाउँदै काम गरेबापत पारिश्रामिक लिने तर एकद्धारा प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजेको बताइन् । उनले दफारबार छलफलमा थप सुझाव आउने भएकाले अझ वृहत छलफल हुने विश्वास गरिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट