Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि राजीनामा दिने भएका छन्। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री शाहले भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि भोलि नै पूरा हुँदैछ।

विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।

मुख्यमन्त्री शाह आज पनि प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्। यस्तै, नेपाली कांग्रेससुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

मुख्यमन्त्रीले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ सरकार गठनका लागि नेकपा र एमालेबीच सहमति भइसकेको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने तयारी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट