Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अनधिकृत तरिकाले ऋण प्रवाह गरेको आरोपमा एक जना पक्राउ

अनधिकृत तरिकाले ऋण प्रवाह गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ : प्रहरीले अनधिकृत तरिकाले ऋण प्रवाह गरेको आरोपमा काठमाडौँको महाराजगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भएर महाराजगञ्ज बस्ने ४१ वर्षीया नविना गुरुङ छिन्।

उनलाई मंगलबार पक्राउ गरेर राष्ट्र बैङ्क ऐन सम्बन्धी कसुरमा अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए ।  

गुरुङले ‘टप ग्लोबल इन्भेष्टमेन्ट प्रालि’ नामको कम्पनीको आवरणमा अनधिकृत तरिकाले ऋण प्रवाह गर्ने र व्याज असुल्ने गरेको भेटिएको छ । राष्ट्र बैंकको अनुमति नलिई सो कम्पनीले व्यक्तिको लालपुर्जा राखेर धितो मूल्याङ्कन गरेर ऋण प्रवाह गर्ने र व्याज असुल्ने गरेको भेटिएको एसपी थापाले बताए । उनले भने, ‘धितो मूल्याङ्कनको २० प्रतिशत रकम डिपोजिट गर्न लगाएर कम्पनी सञ्चालकले आफैँले व्याज निर्धारण गर्ने गरैको भेटिएको छ।’

कम्पनी रजिस्ट्रारकाे कार्यालयमा दर्ता गरेर सो कम्पनीले बैंक तथा फाइनान्सले जस्तै काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । प्रहरीले महाराजगञ्ज स्थित सो कम्पनीको कार्यालयबाट विभिन्न व्यक्तिहरूको नामको ७१ थान चेक र कम्प्युटर बरामद गरेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट