काठमाडौं : प्रहरीले जनआस्थाका प्रधान सम्पादक एवम् वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेको छ ।
श्रेष्ठलाई प्रहरीले बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंमा उहाँविरुद्ध वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएकाले पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताउनुभएको छ ।
गत साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो । उक्त सामग्रीमा आफ्नो नाम जोडिएको भन्दै एक युवतीले प्रहरीमा जाहेरी दिएपछि श्रेष्ठविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई सरकारी वकिलको कार्यालयको प्रक्रिया पूरा गरेपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij