Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

देउवा भन्छन्– ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ ?’

देउवा भन्छन्– ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ ?’

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत केही गर्न नसकेको भन्दै अरूले पनि आफूलाई केही गर्न नसक्ने दाबी गरेका छन् । बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रसंग जोड्दै देउवाले भने- 'यिनीहरूलाई भोलिदेखि हामीले देखाएर छोड्छौँ । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?'

आफूविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा समेत मुद्दा हालिएको दाबी गर्दै देउवाले त्यहाँबाट आफूलाई पक्राउ गर्नुपर्ने कुनै कारण नरहेको जवाफ आएको बताए । 'मलाई अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा समेत मुद्दा हाले । त्यसपछि कोर्टले कुनै पनि हालतमा हामी शेरबहादुर र उसको वाइफलाई पक्राउ गर्दैनौँ, पक्रेर कामै छैन भन्यो ,' देउवाले भने ।

नेपालमा पनि आफूविरुद्ध मुद्दा हालिएको उल्लेख गर्दै उनले अदालतले आफू र पत्नी डा.आरजु राणा देउवालाई पक्राउ नगर्न आदेश दिएको बताए । यसैगरी सम्पत्ति शुद्धीकरण आयोगमार्फत पटक–पटक आफूविरुद्ध मुद्दा चलाउन खोजिएको पनि देउवाले बताए ।

‘अदालतले शेरबहादुर र आरजुलाई नपक्रिनु भनेर आदेश दियो । तैपनि बदमासी गर्‍यो । एकपल्ट सम्पत्ति शुद्धीकरण आयो । केही पनि छैन भन्यो । दोस्रोपल्ट आयो, केही छैन भन्यो ।
साथै, देउवाले यो देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट