Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

होटल–रेष्टुरेन्टलाई निगमको चेतावनी : आवश्यकताभन्दा बढी ग्यास नराख्नू

होटल–रेष्टुरेन्टलाई निगमको चेतावनी : आवश्यकताभन्दा बढी ग्यास नराख्नू

काठमाडौं : नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ। निगमले बिहीबार सूचना जारी गर्दै व्यावसायिक प्रयोजनका लागि आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको हो।

निगमका अनुसार बजारमा १४.२ किलोग्रामका भरिएका एलपी ग्यास सिलिन्डरको आपूर्ति तथा बिक्री–वितरण नियमित भइरहेको छ। गत असार ३१ गतेदेखि १४.२ किलोग्रामका भरिएका सिलिन्डर बजारमा बिक्री–वितरण हुँदै आएका छन् । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री–वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो आएपछि निगमले बजार अनुगमन तीव्र बनाएको जनाएको छ।

निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको निगमले जनाएको छ। निगमले त्यस्ता प्रतिष्ठानलाई अनावश्यक रूपमा ग्यास सिलिन्डर भण्डारण नगर्न तथा यसअघि नै बढी मौज्दात राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री–वितरण गर्न आग्रह गरेको छ।

सर्वसाधारण उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले बजारमा आपूर्ति व्यवस्था प्रभावकारी बनाउन यस्तो आग्रह गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट