Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ। शुक्रबार बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो।

अदालतले श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसमेत साथमा ल्याएर भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ। पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले गैरकानुनी थुनामा राखिएको भन्दै बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवास नजिकबाट पक्राउ गरेको थियो । उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा पक्राउ गरिएको हो । सम्पादक श्रेष्ठलाई बिहीबार नै काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट