Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बसपार्कमा गाडी पार्किङको विषयमा खुकुरी प्रहार : चार जना घाइते, तीन आरोपी पक्राउ

बसपार्कमा गाडी पार्किङको विषयमा खुकुरी प्रहार : चार जना घाइते, तीन आरोपी पक्राउ

मकवानपुर :  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान करिब ११ : ३० बजे बसपार्कमा मनहरी गाउँपालिका–१ मकरी बस्ने ३१ वर्षीय लक्ष्मण बर्तौला र अन्य व्यक्तिहरूबिच गाडी पार्किङलाई लिएर भनाभन भएको थियो । सोही विवाद उग्र बन्दा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका हुन्।

घटनामा मकवानपुर मनहरी–६ का २७ वर्षीय जीवन गोले, चितवन राप्ती–२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रिन, ओखलढुङ्गा सिंहदेवी–७ का २८ वर्षीय राइज आले मगर र चितवन राप्ती–४ डडुवाका २८ वर्षीय जीवन तामाङ घाइते भएका छन् । घाइतेमध्ये गोले र पाख्रिनको अवस्था मध्यम रहेको छ भने मगर र तामाङको अवस्था सामान्य रहेको छ। हेटौँडामा प्राथमिक उपचारपछि घाइते चारै जनालाई थप उपचारका लागि चितवन पठाइएको छ।

घटनालगत्तै अनुसन्धान तथा खोजतलास तीव्र पारेको प्रहरीले तीन जना शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा हेटौँडा–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा१५ भोर्लेका २८ वर्षीय करण लामा र मनहरी–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौला रहेका छन्।

नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको र शङ्काका आधारमा जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिकाका अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट