Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दुर्गा प्रसाईंको घरमा पुग्यो प्रहरी

दुर्गा प्रसाईंको घरमा पुग्यो प्रहरी

काठमाडौँ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरको निकोसेरास्थित घरमा प्रहरी पुगेको छ । लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा प्रसाईं सहभागी हुने सूचनाका आधारमा नेपाल प्रहरीको टोली प्रसाईं निवास पुगेको हो ।

आन्दोलनमा सहभागी भएर प्रसाईंले स्थिति भड्काउने सक्ने आङ्कलन गरेर उनलाई घरमा नै रोक्नका लागि प्रहरी त्यहाँ पुगेको प्रहरी स्रोतको भनाइ छ । ‘अप्रिय स्थित सिर्जना नहोस् भनेर प्रहरीले सावधानीको उपाय अपनाएको हो,’ स्रोतले भन्यो ।

775904490_1044889651597116_2215314207034220805_n

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदल यात्रा गर्दै लघुवित्त तथा सहकारी पीडितहरू काठमाडौँ आइपुगेका छन् । उनीहरूले शुक्रबार राति राष्ट्रिय मानव अधिकार आयोगको सडकमा सुतेर धर्ना दिएका थिए । आफ्ना माग पूरा नभएसम्म र सरकारको तर्फबाट वार्ताका लागि कोही नआएसम्म आन्दोलन स्थलबाट नहट्ने अडान लिँदै उनीहरूले आयोगको गेट अगाडि सडकमा रात बिताएका थिए । उनीहरूले आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट