मुगु : छायानाथ रारा नगरपालिका–४ स्थित ताल्चा विमानस्थलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाडलमा डुबेर एक १३ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र थपलियाका अनुसार स्थानीय जयबहादुर भामका १३ वर्षीय छोरा गौरव भामको शनिबार मध्याह्नतिर सेफ्टी ट्याङ्कीको खाडलमा डुबेर मृत्यु भएको हो।
कक्षा ४ मा अध्ययनरत गौरव घरबाट गाई चराउन निस्किएका थिए। गाईलाई चरन क्षेत्रमा छोडेर उनी विमानस्थलको घेरबारका लागि लगाइएको तारजालीबाट भित्र प्रवेश गरेका थिए। त्यसपछि टर्मिनल भवनको शौचालयका लागि निर्माणाधीन करिब १४ फिट गहिरो सेफ्टी ट्याङ्कीको खाडलमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको र थप विवरण आउन बाँकी रहेको डीएसपी थपलियाले जानकारी दिनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij