Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

थवाङ पहिरोः थप एक जनाको शव भेटियो, ज्यान गुमाउनेको संख्या १२ पुग्यो

थवाङ पहिरोः थप एक जनाको शव भेटियो, ज्यान गुमाउनेको संख्या १२ पुग्यो

रोल्पा :  रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ। योसँगै पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। एक जना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परी बेपत्ता भएका थवाङ–५ कोटलबारा निवासी अन्दाजी ८० वर्षीय अजम्बर पुनमगरको शव प्युठानको सरुमारानी गाउँपालिका–२ ददेरीस्थित राप्ती नदीको बीच भागमा फेला परेको हो।

फेला परेको शव मृतकका भतिजा सुशील पुनले अजम्बर पुनमगरकै भएको सनाखत गरेको प्रहरीले जनाएको छ।

पहिरोमा परी थवाङ–५ निवासी अन्दाजी नौ वर्षीय अशिम पुनमगर अझै बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट